जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३३ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल

आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आजको दैनिकी राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अचल सम्पत्ति प्राप्त हुनेछ।

वृषः दिन रमाइलोसँग बित्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवाको अवसर देखिन्छ। मनपर्ने साथीसँगको भेटले खुशी मिल्नेछ।

मिथुनः अनावश्यक झन्झटमा पर्ने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कटः न्यायको क्षेत्रमा सफलता मिल्नेछ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा मन जानेछ। धेरै कमाउने भन्दा पनि परोपकार गर्ने दिन हो।

सिंहः सामाजिक काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारसँग सन्तुष्टि मिल्नेछ।

कन्याः परिवारको माया प्राप्त हुने दिन छ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। मनोरञ्जनमा सहभागी हुने योग रहेको छ।

तुलाः बलले भन्दा बुद्धिले काम गर्ने समय छ। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिकः मान र प्रतिष्ठा बढ्ने दिन छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

धनुः धार्मिक यात्रको योग रहेको छ। सुन्दर बन्न मन लाग्ने दिन हो। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। कतै प्रतिस्पर्धा गर्नु भएको भए निर्णय तपाईंको पक्षमा हुनेछ।

कुम्भः बोलीको प्रभावले धेरै काम नहुने जोखिम छ। शत्रुपक्ष बलियो देखिएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीनः नाम र नाम कमाउने योग छ। आर्थिक क्षेत्रमा काम गर्दा सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका