जोडिनुहोस
  • होमपेज
  • इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । बुधबार बिहान १० बजेतिर सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, नेपाल प्रहरी, वारुण यन्त्र कर्मचारी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणमा इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाबाट आएका दमकल प्रयोग गरिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । प्लाजाको पाँचौँ र छैटौँ तलामा आगलागीबाट क्षति भएको छ ।

यसबाट मानवीय हताहती नभएको र क्षतिबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्लाजामा क्यूएफएक्स सिनेमा घर, बरन्डा होटल र अन्य व्यापारिक प्रतिष्ठानका कार्यालय रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका