
काठमाडौँ । अमेरिकन लिग सकर (एमएलए) अन्तर्गतको खेलमा इन्टर मियामीलाई सिनसिनाटी क्लबले १-० गोल अन्तरले पराजित गरेको हो । सिनसिनाटीको जितमा खेलको ७८औं मिनेटमा अल्भारो बारियलले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
यस खेलमा लियोनेल मेसी भने सब्सिच्यूटको रुपमा खेलको ५५औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी इन्जुरीका काराण पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका थिए ।
यो हारले इन्टर मियामीलाई प्लेअफमा छनौट हुने सम्भावना सकिएको छ । अब लिगमा दुई खेल खेल्न बाँकी रहदा इन्टर मियामीको ३२ खेलमा ३३ अंक रहेको छ ।
त्यसैगरी सिनसिनाटीको भने ३३ खेलमा ६८ अंक रहेको छ र लिगको इस्टर्न कन्फेरेन्समा शिर्ष स्थानमा रहेको छ ।