जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • इरानमा भूकम्पः ७ जनाको मृत्यु, ४४० घाइते

अन्तर्राष्ट्रिय

इरानमा भूकम्पः ७ जनाको मृत्यु, ४४० घाइते

इरानमा भूकम्पः ७ जनाको मृत्यु, ४४० घाइते

काठमाडौँ – इरानमा भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ । अन्तराष्ट्रिय संचार माध्यायमका अनुसार शनिबार राति गएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ ।

यस्तै, ४४० जना भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तको खोया सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

५.९ रेक्टरस्केल मापन गरिएको भूकम्पको धक्का शक्तिशाली थियो । इरानको पश्चिमी अजरबैजान प्रान्तका धेरै क्षेत्रमा महसुस गरिएको संचार माध्यामले जनाएका छन्। छिमेकी पूर्वी अजरबैजानको प्रान्तीय राजधानी ताब्रिजलगायत धेरै शहरहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका