
उदयपुर । उदयपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।