
काठमाडौं। देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ४५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको हो । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ ।
निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ । मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।