
काठमाडौं। देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ३८ प्रतिशत मत खसेको छ ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा मतदाताको उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।