
काठमाडौं । बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।
बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नेगरी आन्तरिक तयारीमा जुटेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, आमजनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले पनि छुटाछुटै उम्मेदवार उठाएर महतो र यादवलाई टक्कर दिने आन्तरिक तयारीमा जुटेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।