
काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् ।
सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ । यता अध्यक्ष राईले खबरहबलाई भने, ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो छैन ।’
तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन सरकारको सन्तुलन मिलाउन पनि सकिने बताइएको छ ।