
काठमाडौं । एएफसी यू–१७ एसियन कप फुटबल छनोट आजबाट कतारमा सुरु हुँदैछ । नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग राती साढे दश बजे खेल्दैछ ।
साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा हुने भएको छ । नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ । जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली रहेका छन । नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्ने छ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुने भएको छ । दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुने छ ।