
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।