
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एकता अभियानको संयोजक वामदेव गौतम च्यासल पुगेका छन् ।
अहिले ओली र गौतमबीच भेटवार्ता जारी छ । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो ।
अध्यक्ष ओलीले आफूलाई बोलाए एमालेमा फर्किन तयार रहेको गाैतमले बताएका थिए । ओलीले पनि गौतमको सदस्यता एमालेमै रहेको बताउँदै आएका थिए ।