
काठमाडौँ । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।
कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।
त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् ।
५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ ।