
गोरखा। कर्मचारी नभएको भन्दै गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङले सबै सेवा बन्द गरेको छ।
कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम बन्द भएको वडाध्यक्ष जङ्गबहादुर गुरुङले निकालेको सूचनामा उल्लेख छ।
उनले कर्मचारी अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि वडा कार्यालयको सेवा बन्द रहने जानकारी गराएका छन्।