
काठमाडौं । प्रहरीले मीना ढकाललाई नियन्त्रणमा लिएको छ । हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् ।
यद्यपि, उनीहरूको कानुनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ । गजुरेलले दोस्रो विवाह समेत गरिसकेका छन् । मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ ।