
काठमाडौं। बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् ।
भेटका अवसरमा कोइराला र क्लेभर्लीबीच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोगलगायत विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ ।
उक्त भेटमा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका थिए ।