
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बसेको दलको बैठकले बडूलाई अनुशासन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा माघ ३ गतेको बसेको संसदीय दल कार्यसमितिको बैठकले दलको अनुशासन समितिको संयोजकमा बडूलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।