
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।
महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो ।