
काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–८ र २५–९ ले जित्यो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।