
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ । उम्मेदवारी दर्ता भने भोलि आइतबार हुनेछ । डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् । उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस भएको थियो । उपचुनावका लागि एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा। डा। शिवशरण महजृन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तोकेको छैन ।