
काठमाडौं । युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा क्रोएसिया बराबरीमा रोकिएको हो । खेलको २८ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा नाथन ब्रोडहेडले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए । नाथनले डेब्यु खेलमै वेल्सका लागि गोल गरेका हुन् ।
यस बराबरीसँगै समूह डी को क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ । वेल्सले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।