
सिन्धुली र रामेछाप जोड्ने खुर्कोटस्थित कोशी नदीको पुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि सुनकोशीमा पुलको केही भाग बगाएको थियो । रामेछापतिर एउटा स्पान बगाएपछि त्यहाँ अहिले बेलिब्रिज हालिएको हो । बेलिब्रिज हालिएपछि अब केही दिनमा नै सवारी साधन सञ्चालन हुने नेपालीका कांग्रेसमा प्रमुख सचेतक एवं सिन्धुलीका सांसद श्याम घिमिरेले जानकारी दिए ।
‘सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुलको निर्माण लगभग अन्तिम चरणमा,केही दिनपछि सवारी सञ्चालन गर्ने तयारी भएको छ,’ घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन् ।