जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो ; नेता कोइराला

गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो ; नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनका नाममा हुने खेलका कारण मुलुक अस्थिरतामा गएको बताएका छन् । उनले अब निर्वाचन प्रणाली संशोधन गरी मुलुकमा स्थिर सरकार दिन आवश्यक रहेकोमा जोड दिए ।

मोरङ उद्योग व्यापार संघको ६७ औ वार्षिक साधारण सभालाई बिहीबार विराटनगरमा सम्बोधन गदै नेता कोइरालाले भने, ‘मुलुकमा देखिएको विद्यमान राजनीति समस्याका मुख्य कारण निर्वाचन प्रणाली हो । देश विकासका लागि स्थिर सरकार आवश्यक छ त्यसका लागि निर्वाचन प्रणाली संशोधन अपरिहार्य छ ।’

उनले निर्वाचन प्रणाली संशोधनका लागि आवश्यक दुई तिहाइ नेपाली कांगेस र नेकपा एमाले मिलेको खण्डमा मात्र सम्भव हुने भएकाले यी दुई पार्टी एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले जबसम्म मुलुकमा राजनीतिक स्थिरता नभएसम्म आर्थिक विकास हुन नसक्ने बताए । नेता कोइरालाले भने, ‘राजनीति स्थिरता र आर्थिक विकास दिनका निम्ति नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिन आवश्यक छ। अनि मात्र मुलुकले विकासको गति पक्रिन्छ ।’

उनले गठबन्धनको नाममा अहिले देशलाई अस्थिर बनाउने दिशातर्फ धकेल्ने काम भइरहेको टिप्पणी गरे ।

यो पनि ;

राजनैतिक स्थिरताका लागि कांग्रेस(एमाले मिल्नुको विकल्प छैन ; नेता कोइराला

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका