जोडिनुहोस
  • होमपेज
  • गाउँमा गाई भैंसी गोठालो गरेर आएको म शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती

गाउँमा गाई भैंसी गोठालो गरेर आएको म शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।

काठमाडौंबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएको थियो । त्यो जहाज केहिबेर काठमाडौं र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई नै गएको थियो ।

जहाजमा चरा ठोक्किए पनि दुबईमा सकुशल अवतरण गरेको फ्लाइ दुबईले जनाएको छ ।

तर मन्त्री किरातीले भनेका छन्, ‘ गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाइजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

मन्त्री किराँतीले नकरात्मक हल्लाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् ।

‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका