
चितवन। चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट घाइते भएका भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो ।
आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।