
काठमाडौं।काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ।
प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ । सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो । प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ। केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।