जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • चन्दाको रकम धरौटी बुझाएर रास्वपा जिल्ला उपसभापति रिहा

चन्दाको रकम धरौटी बुझाएर रास्वपा जिल्ला उपसभापति रिहा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हुम्ला जिल्ला उपसभापति महानन्द जैसी रिहा भएका छन् । उनी आइतबार चन्दा संकलनमार्फत धरौटी बुझाई रिहा भएका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जैसीलाई जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि, आर्थिक अभावका कारण उनी तत्कालनै धरौटी बुझाउन सकेका थिएनन् । जसका कारण उनी कारागार चलान भए । उनको रिहाइका लागि रास्वपाका कार्यकर्ताहरूले चन्दा संकलन अभियान सञ्चालन गरेका थि ए। पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाका अनुसार विभिन्न व्यक्तिहरूबाट ६० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको सहयोग जुटाइएको थियो ।

त्रिपाठीमाथि भएको कुटपिट प्रकरणमा संलग्न भएको आरोपमा अदालतले जैसीसहित दोलखाका ललितकुमार केसी र झापाकी शीतल राईलाई जनही एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । केसी र राईले सोही दिन धरौटी बुझाएर रिहा भए पनि जैसी आर्थिक अभावका कारण केही समयसम्म हिरासतमा नै बस्नुपरेको थियो ।

गत माघ २ गते काठमाडौं जिल्ला अदालतको गेटबाहिर अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको थियो । त्रिपाठीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बहस गरेका थिए, जसलाई उक्त घटनासँग जोडेर हेरिएको छ ।

धेरै टिप्पणी गरिएका