
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि पूर्ण रुपमा नियन्त्रणमा भने लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
उनले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका छैनौं। त्यसकारण हामी स्थानीय गाउँलेहरूसँग समन्वय गरेर पुनस् आगलागी नियन्त्रणको प्रयासमा लागिरहेका छौं।’
उनले उक्त वनको विभिन्न ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको बताए । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।