
काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लिगमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।
इन्टरले एसी मिलानलाई २–० गोलले हरायो । इन्टरका इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे । जेकोले खेलको आठौं मिनेटमा र हेनरिकले ११औँ मिनेटमा गोल गरे ।
जितसँगै इन्टरले फाइनलको सम्भावना बलियो बनाएको छ । अब मे १६ मा दोस्रो लिग हुनेछ । मिलानलाई फाइनल पुग्न दोस्रो लेगमा कम्तीमा ३–० गोलको जित आवश्यक पर्नेछ ।