
काठमाडौं। काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुछिएका गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई हिसासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । आज बिहान काठमाडौं जिल्ला अदालतमा बयानका लागि पुगेका जोशीको बयान नसकिएपछि अदालतले जोशीलाई हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको हो ।
गत पुस २५ गते कास्की जिल्ला अदालतको आदेशबाट पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उनी ८८ लाख धरौटीमा रिहा भएका भएका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको समेत मुद्दा भएकाले आफैं अदालत हुने शर्तमा रिहा भएका जोशी यसबीच अदालतमा उपस्थित भएका थिएनन् । तोकिएको समयमा अदालत उपस्थित नभएपछि उनी कानुनको नजरमा फरार प्रतिवादी देखिएका थिए ।
स्वर्णलक्ष्मी सहकारीकै रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख रुपैयाँ धरौटीमा रिहा समेत भइसक्दा पनि जोशी सम्पर्कविहीन थिए ।