
काठमाडौं । पर्सामा जुवातास खेलिरहेका आठजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा क्याफे सञ्चालक २४ वर्षीय रोशन मेहतासहित आठजनालाई पक्राउ गरिएको हो । उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३१ हजार ६५५ रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।