
जेनिन, पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ । एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ । इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ ।