
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट आज पनि प्रतिरक्षा बहस भइरहेको छ ।
काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा भुटानी शरणार्थी प्रकरणमा आरोपित नेकपा एमालेका निलम्बित सचिव तथा सांसद समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडालले बहस गर्दै छन् ।
यो प्रकरणमा सानु भण्डारी, टंक गुरुङ, सागर शर्मा, इन्द्रजीत राई लगायतको बहस सकिएको छ ।