जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु

ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु

काठमाडौं। अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ । सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ।

क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ। चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउन आदेश दिएका हुन् । क्यानडाका अन्य वस्तुमा २५ प्रतिशत कर लागे पनि त्यहाँबाट आयात हुने ऊर्जामा भने १० प्रतिशत मात्र भन्सार लगाइएको छ ।

आयात कर बढाएपछि क्यानडा र मेक्सिकोका अधिकारीहरुले अमेरिकालाई जवाफ फर्काउने चेतावनी दिएको रोयटर्सले जनाएको छ । ट्रम्पको आदेश अमेरिकी समयअनुसार मंगलबार बिहान १२ बजेपछि लागू हुनेछ ।

ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन र राष्ट्रिय आपतकालीन ऐनअन्तर्गत राष्ट्रिय आपतकाल घोषणासमेत गरेका छन् । जसले राष्ट्रपतिलाई संकटलाई सम्बोधन गर्न प्रतिबन्धहरू लगाउने अधिकार दिन्छ । राष्ट्रपति ट्रम्पको कदमले चीनसँग फेरि व्यापार युद्धको जोखिम बढेको छ ।

धेरै टिप्पणी गरिएका