अन्तर्राष्ट्रिय
तिब्बतीद्वारा अमेरिकाको न्यूयोर्कमा चीन विरुद्ध प्रदर्शन, ११औं पञ्चेम लामा रिहा गर्न माग

न्यूयोर्क— तिब्बती डायस्पोराले अमेरिकाको न्यूयोर्कमा चीनको विरोध गर्दै ११ औं पञ्चेम लामा (गेधुन चोएकी न्याइमा)को ३४ औं जन्मदिनको अवसर पारेर उनलाई रिहा गर्न माग गरेका छन्।
क्षेत्रीय तिब्बती युवा कांग्रेस च्याप्टरले आयोजना गरेको विरोध प्रदर्शन न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावास अगाडि भएको थियो । करिब ३० देखि ४० जना तिब्बती डायस्पोराले सञ्चालित उक्त विरोध प्रदर्शनमा भाग लिएका थिए र चीनविरुद्ध नारा लगाएका थिए ।
उनीहरुले पञ्चम लामा रिहाइ गर, दलाई लामा अमर होस् , हामी पञ्चेम लामा चाहन्छौं , ‘चिनियाँ सरकारलाई लाज मानौँ’, ‘पञ्चेम लामा कहाँ छ जस्ता नारा लगाएका थिए ।
तिब्बतका ११ औं पञ्चम लामा अप्रिल २५, २०२३ मा ३४ वर्षको हुनेछन्। उनलाई दलाई लामाले उत्तराधिकारीको मान्यता दिएपछि छ वर्षको उमेरमा चिनियाँ कम्युनिष्ट सरकारले अपहरण गरेको थियो। त्यसपछि उनी बेपत्ता भएका छन् र विश्वको सबैभन्दा कान्छो राजनीतिक बन्दी बनेका छन्।
११औँ पञ्चेम लामाको ३४औँ जन्मजयन्तीको अवसरमा एमईपी मिकुलास पेक्साको नेतृत्वमा राजनीतिक स्पेक्ट्रमबाट युरोपेली संसदका ११ सदस्यले उनको रिहाइको विषयमा युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेललाई लिखित प्रश्न पेस गरेका छन् । यसैबीच, टोरन्टोमा तिब्बतीहरूले पञ्चेम लामाको ३४ औं जन्मदिन मनाए र उनको तत्काल रिहाइको लागि आह्वान गरे। सन् १९९५ मा अपहरण गरिएका ११ औं पञ्चेम लामाको ३४ औं जन्मदिन मनाउन टोरन्टोमा करिब १५० तिब्बतीहरू तिब्बती क्यानाडाली सांस्कृतिक केन्द्रमा भेला भएका थिए र उनीहरूले उनको तत्काल रिहाइको लागि आफ्नो समर्थन व्यक्त गरेका थिए।