
भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ । पञ्जाब नेशनल बैंकको रिपोर्ट अनुसार यस उद्योगको तीव्र विस्तारका कारण विगत ५ वर्षमा भारतबाट खेलौनाको निर्यात ४० प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा भारतमा खेलौनाको आयात भने ७९ प्रतिशतले घटेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको खेलौना उद्योग सन् २०२३ मा लगभग १.५ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।आर्थिक वर्ष सन् २०२५ र २६ को बजेटले ‘मेड इन इण्डिया’ ब्रान्ड अन्तर्गत उच्च गुणस्तरका खेलौना उत्पादन गर्ने योजनालाई सहयोग गर्ने नीति लिएको छ ।
बैंकको रिपोर्टअनुसार सन् २०३२ मा विश्व खेलौना बजारको कुल मूल्य १ खर्ब ७९ अर्ब अमेरिकी डलर बराबर पुग्ने देखिएको छ । भारतमा खेलौनाको उत्पादन बढ्दै जाँदा भारतीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमात्र नभई यसले भारतलाई विश्वव्यापी औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सरकारको लक्ष्यलाई थप सुदृढ बनाउने अपेक्षा अपेक्षा गरिएको छ ।