
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा दुई सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।