जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • त्रिदेशीय महिला टी–२०ः नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा पनि पराजित भयो नेपाल

त्रिदेशीय महिला टी–२०ः नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा पनि पराजित भयो नेपाल

काठमाडौं। नेपालले महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको तेस्रो खेल पनि हारेको छ । नेपालले नेदरल्यान्ड्ससँग दोस्रो हार व्यहोर्दै सिरिसमा खेलेका तीन वटै खेलमा पराजित भएको छ ।

टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको सिरिजको दोस्रो चरणको पहिलो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गर्याे। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् ।

१ सय ४१ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रनको पारी खेलिन् । सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन जोडे । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ र हिदर सेइगर्सले समान २–२ विकेट लिए ।

नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।

धेरै टिप्पणी गरिएका