
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ कुन्तिखेतका २४ वर्षीय विकास भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।
दुर्घटनामा गम्भीर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुरको रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु प प्र ०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल गएराति तुलसीपुर– ७ गैरापातु नजिकै आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मृतकको शवको प्रादेशिक अस्पतालमा पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान पनि गरिरहेको छ ।