
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। न्यायाधीशहरू डा. कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।