
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा। शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।
९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ। तर देउवाले २ जनाको मात्रै नाम मागेपछि शेखर समूह असन्तुष्ट बनेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सभापति देउवाको उक्त प्रस्ताव स्वीकार्य नहुने बताए ।