
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) विरुद्व दोस्रो बलमै विकेट लिएको छ ।
नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खान (शून्य रन)को विकेट लिएका हुन् ।
करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेका थिएन । नेपाल र यूएईबीच सातौं वरीयताका लागि प्लेअफ चरणको खेल भइरहेको छ ।