
नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिएका छन् । दशौदीले शुक्रबार दिउँसाे सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।