
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन उच्च अदालत पाटन पुगेका छन्।
काठमाडौं महागनरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी बल प्रमुख राजुनाथ पान्डेका तर्फबाट संयुक्त रुपमा रिट दर्ता गरिएको छ। यसअघि नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न लिखित पत्रचार गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।