
नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् । रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ रेखा गत मंसिरले सन्तालाई अमेरिकामा जन्म दिने योजनाअनुसार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । यस विषयमा उनको आलोचनासमेत भएको थियो ।