जोडिनुहोस
  • होमपेज
  • निजी अन्तरिक्षयान ब्लू गोस्टु चन्द्रमामा अवतरण

निजी अन्तरिक्षयान ब्लू गोस्टु चन्द्रमामा अवतरण

अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ । चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल ुसी अफ क्राइसिसु को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जनवरी १५ तारिखमा ुब्लू गोस्टु नामको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।

ब्लू गोस्टु चन्द्रमामा पुग्ने दोस्रो निजी अन्तरिक्षयान हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा अन्तरिक्षसम्बन्धी कम्पनी इन्टुइटिभ मेशिन्सले प्रक्षेपण गरेको ओडिसियसु चन्द्रमामा अवतरण गरेको थियो ।

इन्टुइटिभ मेशिन्स कम्पनीले नै अर्को यान अबको केही दिनमै चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गराउने तयारीमा छ ।

धेरै टिप्पणी गरिएका