
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् ।
बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् ।
‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।