
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।
सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।