
जनकपुर– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन ।
जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् । हामी महाधिवेसन गर्ने दिशामा अघि बढ्दैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सबालमा मिलेर जाने सबालमा हाम्रो पार्टी तयार छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुँदा पनि पूर्णता पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
अब नबौं पटकमा पूर्णता पाउला भन्ने अपेक्षा गरौँ’ उनले भने ।