देश
नेताहरुलाई प्रेम सुवालको कटाक्ष जितेपछि काठमाडौँ बस्छौँ, यहाँको विकासको आशा नगर्नु भन्नुस्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आ—आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनकै बेला जितेपछि काठमाडौँ बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताए । उनले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने कटाक्ष गरे । उनले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताए । सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड च को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गरे ।